दफा ३६
डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई अन्तिम रुपबाट फर्छयाउने
: दफा ३४ र दफा
३५ अन्तर्गत फछ्र्याउन नसकेका हुलाक वस्तुहरुलाई नेपाल सरकारले नियमहरु बनाई कुनै अवधि तोकिदिएको भए सो अवधिसम्म फिर्ता चिट्ठी फाँटमा राखी छाडिनेछ र सोही नियमहरु अनुसार अरु कारवाही गरिनेछ ।
तर–
(क) त्यसरी बुझाउन नसकेका हुलाक वस्तुमा चिट्ठी भए नष्ट गर्ने र अरु हुलाक वस्तुको हकमा सडी गली नजाने किसिमको बिक्री योग्य चिज वस्तु वा नगद रकम भए त्यस्तो चिज वस्तु वा नगद
रकमलाई एक वर्षको अवधिसम्म फिर्ता चिट्ठी फाँटमा राखी छोडिनेछ र सो अवधिसम्म कसैले आफनो हक देखाउन नसकेमा नगद रकम भए नगदै र बिक्री योग्य चिज वस्तु भए बढाबढीमा
विक्री गरी आएको नगद रकमलाई नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिल गरिनेछ ।
(ख) वैदेशिक हुलाक वस्तु भए जुन राष्ट्रबाट त्यस्तो हुलाक वस्तु प्राप्त हुन आएको हो त्यस्तो राष्ट्रसँग नेपाल सरकारको कुनै सम्झौता भएमा सोही सम्झौता बमोजिम र त्यस्तो सम्झौता नभएमा युनिभर्सल पोस्टल यूनियन (विश्व हुलाक संघ) को कन्भेन्सन अनुसार फर्छयाउन पर्छ ।